देश

भक्तपुर केन्द्रबिन्दु बनाएर ४.६ म्यग्निच्युटको भूकम्पको धक्का

असार २१, काठमाडौँ ।    काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार अपरान्ह ४ बजेर १५ मिनेट जाँदा उक्त धक्का महसुस गरिएको हो । भक्तपुरको दूधपाटी केन्द्रबिन्दू बनाएर ४.६ म्यग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानेको छ ।

साझा यातायातले उपत्यकामा विद्दुतीय बस संचालन गर्ने

असार १६, काठमाडौँ। साझा यातायातले निकट भविष्यमै विद्दुतीय बस  खरिद गरी संचालनमा ल्याउने भएको छ। बिद्दुतीय बस खरिद गर्न प्रदेश-३ सरकार, काठमाडौँ महानगर पालिका, ललितपुर महानगर पालिका र साझा यातायात आफैले संयुक्त रुपमा शेर लगानी गर्ने भएका छन्। सोमबार आयोजित एक कार्यक्रमका बीचमा समझदारी पत्रमा हस्तक्षर समेत भएको छ। विद्दुतीय बस खरिद गर्नका लागि ...

भुकम्पको धक्का महशुस, केन्द्रविन्दु रसुवा

चैत ३०, काठमाडौँ । आज बिहान १० बजेर ४० मिनेट जाँदा ४.६ रिक्टर स्केलको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार रसुवा केन्द्रबिन्दु रहेको उक्त कम्पनको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत महशुस गरिएको थियो ।

२०७२ वैशाख १२ र २९ गतेको भूकम्पको ४ वर्ष बित्नै लाग्दा पनि परकम्प जाने क्रम रोकि...

सभापतिले बोलाएको वैठकमा सिटौला अनुपस्थित

चैत २५, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको टुङ्गो शीर्ष नेताको बैठक बसि हल गर्ने भन्दै बोलाएको बैठकमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला अनुपस्थित भएका छन् ।

सभापति देउवाले कार्यसम्पादन समितिमा संस्थापन पक्ष र बरिष्ठ नेता रानचन्द्र पौडेल पक्षलाई ६०\४०को भागबण्डा गरेपछि सिटौला अ...

काँग्रेसलाई कसैले जित्न सक्दैनः महामन्त्री कोइराला

चैत २४, काठमाडौँ । नेपालि काँग्रेसका महामन्त्री डा.सशांक कोइरालले पार्टीलाई एकतावद्ध बनाएर लैजान सके आगामी चुनावमा काँग्रेसलाई कसैले पनि हराउन नसक्ने बताएका छन् । नेपाल महिला संघ भक्तपुर  जिल्ला कार्यसमितिले आज गरेको एक कार्यक्रममा कोइरालाले उक्त धारणा राखेका हुन् ।

मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा अहिलेको सरकारका प्...

मौसम सोमबारबाट सुध‍ार हुने

चैत २४, काठमाडौँ । केहिदिन देखि काठमाडौँ तथा देशका केहि भू-भागहरुमा पानी पर्ने हावाहुरी र चट्याङ्ग लाग्ने गरिरहेको छ । पश्चिमी तथा स्थानीय वायुको प्रभावले मौसममा फेरबदल भैरहेकोले अब यो क्रम सोमबारबाट नहुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केहिदिन देखि चलिरहेको पश्चिमी क्षेत्रमा पश्चिमी वायु, पूर्वी क्षेत्र...

विशेष राष्ट्रिय सम्मानका साथ भिक्षु अश्वघोषको अन्त्येष्टि गरिने

चैत २४, काठमाडौँ । नेपाल सरकार मन्त्रीपरिषदको आइतबार बसेकोआकस्मिक बैठकले शुक्रबार निधन भएका भिक्षु अश्वघोष महास्थविरको अन्त्यष्टि विशेष राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै तत्कालिन नेपका एमालेले भिक्षु अश्वघोषलाई  २०४९ साल देखि २०५४ साल सम्म संसदको माथिल्ल...

प्रधानमन्त्रीद्वारा ‘मरिचिका’ विमोचन

चैत २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास वालुवाटारमा साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक 'मरिचिका' विमोचन गरेका छन् ।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्नेलाई खुट्टा तान्ने प्रवृति भएको र त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा पुग्नु पर्ने बताएका छन् ।...

दुर्घटनामा २ को मृत्यु

चैत २२, काठमाडौँ । ललितपुर जिल्लाको धोवीघाटमा जनकशिक्षा सामाग्रिको ना १ घ  ५३३ नंबरको ट्रकले बा ७ च २१३१ नंबरको भ्यानलाई ठक्कर दिँदा भ्यान चालक इन्द्रबहादुर सुनुवार तथा एक अर्की महिला डोल्मा शेर्पाको मृत्यु भएको ट्राफिक प्रहरी महासाखाले जनाएको छ । मृतक भ्यान चालक ४० बर्षीय सुनुवार दोलखा जिल्लाका हुन् भने शेर्पा धनुषा धारापानि...

एकै परीवारका ३ जनाले गरे झुण्डिएर आत्महत्या

चैत २२, काठमाडौँ । चितवन जिल्लाको भरतपुर महानगररपालिका -१८ शशीनगरमा एकै परीवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका छन् । उनीहरुले घरभित्र सलको पाशो लगाइ झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्नेमा आमा माया आलेमगर, छोरी विनिता मगर तथा छोरा विवेक मगर रहेका छन् । मृतक माया आलेमगरका श्रीमान नरबहादुर मग...

आन्दोलनमा डाक्टर, स्वास्थ्य मन्त्रालय बेखबर

चैत २२, काठमाडौँ । देशैभरका सरकारी डाक्टरहरु फेरि आन्दोलनमा उत्रिएका छन् । सरकारले अत्यावश्यक सेवाका क्षेत्रमा हड्ताल गर्न नपाइने हिजोमात्रै घोषणा गरेको थियो ।

सरकारी चिकित्सकहरुले कुनै पनि सरकारी अस्पतालमा आकस्मिक बाहेकका बिरामी नहेरेको बताएका छन् । देशभर नै सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका काम बन्द गरेका छन् ।

जन्मनुभन्दा पहिले नै नागरिकता !

चैत २०, झापा । नागरिकता सामान्य कुरा होइन । कुनै देशको नागरिक हो भन्ने सक्कली प्रमाण हो । कतिपयले नागरिकता पाउन दिनहुँ कार्यालय धाउने गरेका छन् । केको आधारमा नागरिकता दिने भनेर पनि धेरै वहस भए । राजनीतिक परिवर्तन र संघर्षका कारण अहिले आमाको नामबाट नागरिकता पाउन सकिनेसम्म बनेको छ । तर झापा जिल्लाले भने मान्छे जन्मनुअघि नै नागर...