मनोरञ्जन

‘उरी’को कमाई सय करोड कट्यो

माघ ९, काठमाडौँ । यो वर्षको सुरुवातमा रिलिज भएको चलचित्र ‘उरीः दि सर्जिकल स्ट्राइक’ले बक्स अफिसमा तहल्का नै मच्चाएको छ । यो चलचित्रको कमाई पहिलो साताको विकेन्डमा भन्दा दोश्रो साताको विकेन्डमा धेरै छ ।

पहिलो साताको विकेन्डमा ३५ करोड कमाएको चलचित्रले दोश्रो साताको विकेन्डमा ३७ करोडको व्यापार गरेको छ । यो चलचित्रले दोश्र...

सलमानले पर्दामा ‘चुम्बन’ गर्दैनन्, किन होला ?

माघ ९, काठमाडौँ । बलिउड स्टार सलमान खानले चलचित्रको पर्दामा ‘चुम्बनको’ दृश्य दिएका छैनन् । तर आफ्नो चलचित्र करिअरमा धेरै नायिकाहरुसँग रोमान्स गरे । उनले सलमान आफूले चलचित्रमा ‘किस सिन’ नदिने दाबी गर्दै पनि आएका छन् । केही वर्ष पहिले सलमानले भनेका थिए, ‘पर्दामा चुम्बन गर्नेहरु देख्दा अजिब लाग्छ ।’

सलमानले अनस्क्रिन किस...

रवि लामिछानेले गरे अर्को विहे

माघ ७, काठमाडौँ । पत्रकार रवि लामिछानेले अर्को विवाह गरेका छन् । केही साताअघि मात्रै श्रीमती इशा श्रेष्ठसँग सम्बन्धविच्छेद गरेका रवीले आज अर्को विवाह गरेका हुन् । निकिता यसअघका पतिसँग सम्बन्ध विच्छेदपछि एक्लै थिइन् । यी दुईबीच केही महिनायता अफयर रहेको र बिहे गर्ने योजनाअनुसार इशासँग रवीले सम्बन्धविच्छेद गरेको चर्चा चलेको थियो...

गोरखाको पालुङटारमा ‘लिगलिग महोत्सव’ हुने

माघ ६, काठमाडौँ । पालुङटार नगरपालिकामा पहिलो पटक 'पालुङटार लिगलिग महोत्सव' हुने भएको छ । द्रब्य शाह दौडिएर राजा भएको लिगलिगकोटको फेदी पालुङ्टारमा पहिलो ‘पालुङ्टार लिगलिग महोत्सव २०७५’ हुन लागेको हो । पालुङ्टारलाई ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि महोत्सव आयोजना गरिएको आयोजक गोरखा उद्योग वाणिज्य संघ, पालु...

२८ घण्टाको लडाइँमा बेइजिङ कब्जा …

चीनमा जापानी साम्राज्यवादी अत्याचारले सीमा नाघेको बेला ‘राष्ट्रवादी’ च्याङ काई सेक भने जापानी आक्रमणप्रति मुकदर्शक भएर कम्युनिष्टहरू सिध्याउने अभियानमा लागिरहेका थिए । ठिक यसैबेला सन् १९३६ अगस्त १ मा चिनियाँ लालसेनाले एक श्वेतपत्रमार्फत् जापानी आक्रमणकारी विरुद्ध विद्रोह गर्न र राष्ट्रिय मुक्तिका लागि एक हुन चिनियाँ देशभक्त जनताका नाममा अपील ...

आहा पोखरा ! तपाईं पुग्नुभयो ?

मंसिर–पुषको रमाइलो र घमाइलो बेला । उस्तै खुलेको पोखेरेली आकाश । विवाह मन्डपमा सजिएकी दुलहीजस्तै देखिन्थ्यो–पोखरा । त्यसो त एउटा मुर्तिकारले परिकल्पना गरेर कोरेको सुन्दर मुर्तिजस्तै छ पोखरा । अझै भनौँ, सानैछँदा हजुरआमाले सुनाउने कथाकी परिजस्तै । नेपालको दोश्रो ठूलो शहर पोखराको केही दिन अघि मात्रै थप चर्चा परिचर्चा सुनियो मज्जैसँग । एक साता व्य...

अब अनलाइनबाटै बिहे, कोमल ओली ‘कारोबारी’

पुस १८, काठमाडौँ । कहिले ‘पोइला जान पाम’ त कहिले ‘मनमा आँट भाको, गोजीमा गाँठ भाको, यत्तिको मर्द भेटिएन कोही’ भनेर लोक गीतमार्फत बह पोख्ने चर्चित लोकदोहोरी गायिका कोमल ओली अब ‘कारोबारी’ बन्ने भएकी छिन् । दुई बीस उमेर काटिसक्दा पनि अविवाहित नै रहेकी ओलीले ‘माइस्वयम्भर डटकम’ नामक अनलाइन पोर्टल सञ्चालन गरी सोही मार्फत बरवधुको व्य...

टोपी दिवस : किन ठीक ? किन बेठीक ?

पुस १७, काठमाडौँ । आज पुष कृष्ण एकादशी । सन् २०१९ को आरम्भ भएको दिन । त्यतिमात्रै होइन, आज ‘टोपी दिवस’ भन्नेहरु पनि उत्तिकै छन् । ढाका टोपी लगाएर तस्विर खिचाउँदै सामाजिक सञ्जालमा शुभकामना दिएको प्रशस्तै देखिन्छ । यद्यपि अंग्रेजी नयाँ वर्षकै दिनसँग भने टोपी दिवसको ‘१२ हातको साइनो’ पनि छैन । ढाका टोपीले चिसो नछेक्ने भएकोले मौसम...

‘गण्डकी तारा–२०७५’ को उपाधि बराललाई

पुस १७, लेखनाथ । ‘१५औँ लेखनाथ महोत्सव–२०७५’ द्वारा आयोजित ‘गण्डकी तारा–२०७५’ को उपाधि निशान बरालले प्राप्त गरेका छन् । पोखरा–३० खुदीका २० वर्षीय बरालले ४३ जना प्रतिष्पर्धीलाई पछि पार्दै एकल गायनतर्फको प्रथम स्थान हासिल गरेका हुन् । सो पुरस्कारको राशी नगद रु.५० हजार रहेको छ ।

‘2019’ लाई स्वागत, सबैलाई शुभकामना !

पुस १७, काठमाडौँ । आजबाट अंग्रेजी नयाँ वर्ष २०१९ सुरु भएको छ । संसारभर नै बढी प्रचलनमा आएको अंग्रेजी पात्रो अनुसार आज नेपाली महिनाको पुस १६ सकिएलगत्तै सन् २०१९ पनि सुरु भएको हो । विदेशमा बस्ने नेपालीका लागि अंग्रेजी नयाँ वर्षको महत्व बढी छ र उनीहरुले नयाँ वर्षमा खुसीयाली मनाएका तस्विरहरु पनि सामाजिक सञ्जालमा राखिरहेका छन् ।
नेपालका पर्...

विनोदले निकाले ‘फुटबल’

पुस १४, पोखरा । पत्रकार विनोद लामिछानेको ‘फुटबल’ नामक कृति प्रकाशित भएको छ । पोखराको फुटबलको इतिहासबारे लेखिएको सो पुस्तकको आज एक कार्यक्रमकाबीच गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले विमोचन गरे । खेलकुद पत्रकार मञ्च, कास्कीका पूर्वअध्यक्ष समेत रहेका लामिछाने खेलकुदबारेका जानकार नै हुन् । खेलबारेको समाचार लेख्न मात्रै होइन, खेल्न पनि उनी सक्रिय...

‘नहाँसेको दिन बर्वाद गरेको दिन हो’ (प्रेरक भनाईसहित)

विश्व चर्चित हाँस्य कलाकार चार्ली चाप्लिनको जीवनका सुरुवाती दिनहरु निकै कठिनापूर्ण थिए । उनले निकै संघर्ष र दुःख गरेर ठूलो सफलता प्राप्त गरे । आफूले जीवनमा जति कठिनाई झेले पनि उनले सबैलाई हँसाइरहे । उनै कलाकारका मर्मस्पर्शी यी भनाईले निकै ठूलो प्रेरणा दिन्छ । कतिपयले भनाईले जीवन नै बदल्दिन सक्छन् । चार्लीका चर्चित १० भनाई यी हुन् :