स्वास्थ्य

आन्दोलनमा डाक्टर, स्वास्थ्य मन्त्रालय बेखबर

चैत २२, काठमाडौँ । देशैभरका सरकारी डाक्टरहरु फेरि आन्दोलनमा उत्रिएका छन् । सरकारले अत्यावश्यक सेवाका क्षेत्रमा हड्ताल गर्न नपाइने हिजोमात्रै घोषणा गरेको थियो ।

सरकारी चिकित्सकहरुले कुनै पनि सरकारी अस्पतालमा आकस्मिक बाहेकका बिरामी नहेरेको बताएका छन् । देशभर नै सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका काम बन्द गरेका छन् ।

६६ प्रतिशतको मृत्यु ‘सुगर’, ‘प्रेसर’ र ‘क्यान्सर’बाट हुन्छ

नढाँटी भन्नुपर्दा मेरी आमालाई मुधमेह रोग छ । उहाँलाई मधुमेह भएको झण्डै ४ वर्ष भयो । मेरो अङ्कललाई पनि ब्लड प्रेसर हाई छ । अझै भन्नुपर्दा केही दिन पहिला उहाँ ब्लड पे्रसर हाई भएर अस्पताल नै भर्ना हुनुपर्ने अवस्थासमेत आइपरेको थियो ।

म बस्ने घरबेटी आन्टीलाई त झन् मधुमेह, ब्लड प्रेसर दुवै रोग छ । खानामा धेरै कुरा बार्नुहुन्छ । खानपानभन्दा ...

बजेटको अभावमा कान्ति बाल अस्पताल बन्द हुने अवस्थामा पुग्यो

चैत १७, काठमाडौँ । देशकै एक मात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६ बेड कटौती गरेको छ । कान्तिले आइसियू ६, इन्टरमिडियट (आइसियूमा लैजानुपूर्व बिरामी भर्ना गरिने बेड) १० र एक्स्ट्रा ३० गरी ४६ बेड कटौती गरेको समाचार नया...

यस्तो छ आजको मौसमबारे पूर्वानुमान

माघ २५, काठमाडौँ ।  हिजोदेखि देशैभर निरन्तर पानी परिरहेको छ । मौसमविदहरुले बिहीबारबाट शनिबारसम्म निरन्तर पानी पर्ने घोषणा पहिले नै गरेका थिए । यसबाट धेरैलाई लागेको थियो, पानी निरन्तर परिरहेपछि चिसो अत्यधिक बढ्ने छ र जनजीवन नै प्रभावित हुनेछ ।

तर जति सोचिएको थियो, त्यति धेरै चिसो महसुस गरिएको छैन । मौसमविद शान्ति कँडेल...

डा.केसीले औषधि खान मानेनन्, बोल्न सकेनन्

माघ १५, काठमाडौँ । उनी आँखा चिम्लेर पल्टिरहन्छन् । कोही भेट्न आउँदा पुलुक्क हेर्छन् । गल्दै गएपछि फेरि आँखा बन्द गर्छन । आगन्तुकहरु हेरेरै फर्किन्छन् ।

२० दिनदेखि अनशनतर डा। गोविन्द केसीको मुटुको समस्या बढ्दै गएको छ । उनको दुई पटक एन्जियोग्राम गरिसककिएको छ । उनको शरीर कमजोर बन्दै गएको छ । बोलीसमेत निस्किदैन् । मुस्किल...

पारश शाहलाई हृदयघात, आइसीयुमा उपचार जारी

माघ १४, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका छोरा पारश शाहलाई हृदयघात भएको छ । उनी नर्भिक अस्पतालको आईसीयूमा राखेर उनको उपचार जारी रहेको छ । छातिमा समस्या आएपछि पारसलाई दिउँसो साढे चार बजे नर्भिक ल्याइएको थियो । उनको उपचारमा डा। यादवदेव भट्टसहितको टिम उनको सक्रिय छन् । शाहको कोलोनरी एन्जियोप्लास्टीबाट मुटुको भल्व खोल्ने प्र...

के कारणले फुल्छ कपाल ? फुल्न नदिने कसरी ?

कपाललाई विभिन्न तरीकाले सेतो हुनबाट रोक्न सकिन्छ । विशेषगरी, सन्तुलित र पोषणयुक्त खानेकुराको सेवनद्वारा कपाल सेतो हुनबाट रोक्नुका साथै कपाललाई स्वस्थ राख्न सकिन्छ ।

त्यसको लागि प्रोटिन, भिटामिन तथा फलफुल, सागसब्जी, अन्न लगायतका पोषक खानेकुरा खान जरुरी छ । पर्याप्त मात्रामा पानीको सेवन गर्नुपर्छ । भिटामिन ए, सी, ई, बी १२, कपर, आइरन, फो...

चिकित्सा विधेयकको त्रुटी सच्याउन डा. केसीको आग्रह

माघ १०, काठमाडौँ । डा.गोविन्द केसीले सांसदहरुलाई सार्वजनिक पत्र लेखेर चिकित्सा शिक्षा विधेयकमा भएको त्रुटी सच्याउन आग्रह गरेका छन् । १५ दिनदेखि अनसनरत डा. केसीले बिहीबार सार्वजनिक पत्र लेखेर सांसदहरुलाई विधेयकमा भएका त्रुटीबारे औंल्याउँदै सच्याउन आग्रह गरेका हुन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको विधेय...

प्रचण्डको परिवार नै बिरामी

माघ ८, काठमाडौँ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको परिवार नै बिरामी परेको छ । प्रचण्डपत्नी सीता दाहाल सुमेरु अस्पतालको आइसीयू कक्षमा भर्ना भएकी छिन् । बुहारी खानेपानीमन्त्री विना मगर पनि सुमेरु अस्पतालमै भर्ना भएको बताइएको छ । प्रचण्डलाई भने चिकित्सकहरुले घरैमा उपचार गरिरहेका छन् । प्रचण्डको परिवारमा भाइरल ज्व...

ज्वरो र खोकीले ग्रस्त भएपछि सीता दाहाल अस्पताल भर्ना

माघ ६, काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की श्रीमति सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । ज्वरो र खोकीले ग्रस्त भएपछि उनलाई आइतबार बिहान धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो । सीता लामो समययता सुगर, प्रेसर लगायतका समस्याबाट पनि पीडित छिन् । सोको निदानका लागि दाहालको सिंगापुर, दिल्लीलगायतका अ...

डा.केसीको ‘अनसन’ ठीक कि बेठीक ?

प्रथम कुरा– डा. केसीले नेपालमा कलेज चाहिँदैनन् भनिरहेका छैनन् । सरकारी कलेज खोलौं, काठमाडौभन्दा बाहिर नभएका ठाउँमा खोलौं र नयाँ विश्वविद्यालयबाट खोलौं, पैसा नहुने तर जेहन्दार विद्यार्थीलाई निःशुल्क पढ्ने वातावरण बनाऊ र दुर्गममा सेवा गर्न पठाऊ भनिरहेका छन् :

१. नेपालमा थप मेडिकल कलेज खोल्न नदिएर डा. केसीले हजारौंका सङ्ख्यामा विद्यार्थी...

सयौँ गोविन्द केसी चाहियो : गगन थापा

माघ ४, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले मुलुकमा सयौँ गोविन्द केसीको आवश्यकता औँल्याएका छन् । अनसनरत डा.गोविन्द केसीसँग गरेको सम्झौता कार्यान्वयनका लागि अग्रसरता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई थापाले आग्रह गरे । डा.केसी पटक पटक अनसन बस्नु सबैका लागि लज्जाको विषय भएको बताउँदौ सांसद थापाले सोधे, ‘गोविन्द केसी फ...