पत्रपत्रिका

जागिरको प्रलोभन देखाएर ६ करोड ठग्ने पक्राउ

जेठ ५, काठमाडौँ । सिंगापुर लगेर पानीजहाजमा जागिर लगाइदिने प्रलोभन देखाएर तीन सय युवासँग ६ करोड ठग्ने व्यक्ति पक्राउ परेका छन् । नुवाकोट गणेशस्थान–९ का ३४ वर्षीय प्रवीण पौडेललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले हेटौँडाबाट पक्राउ गरेको समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।

महाशाखा प्रमुख एसएसपी सहकु...

त्रिविमा ‘गोल्ड मेडल’ नै किनबेच

जेठ ५, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा भएको छ । गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइराला पक्राउ परेका छन् ।

पाटन क्याम्पसमा अर्थशास्त्रमा विषयमा अध्ययनरत कोइराला र कर्माचार्य...

प्रधानमन्त्रीका लागि ४० करोडको नयाँ निवास बन्ने

जेठ २९, काठमाडौँ । प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ ।

एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । नयाँ संरचना बनाउन ४० करोड लगानी हुनेछ ।

सहरी विकास तथा भवन निर्माण विभागले ...

सरकारमा ‘आलोपालो’को टुंगो पार्टीले नै लगाउँछ : ओली

जेठ २९, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन् । ‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं। पार्टी एकता भइसकेको छ। अब के गर्दा ठिक हुन्छ, त्यसको टुंगो पार्टीले नै लगाउँछ,’ प्रधानमन्त्रीले बेलायतको प्रतिष्ठित विश्वविद्यालय अक्सफोर्डमा आयोजित कार्यक्रममा भन...

स्कुल बन्द गरेर बिहे भोजमा

जेठ २९, काठमाडौँ । फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ । त्यो अभिनय थियो । त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ ।

गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो। पढाइ भएन। स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समितिले निर्णय गरेर विद्यार...

‘भिडियो च्याट’ गर्दा होस् नपुर्याउँदा…

जेठ १८, काठमाडौँ । पति वैदेशिक रोजगारीका लागि कतार पुगेपछि साजना (नाम परिवर्तन) काठमाडौं आइन् । फेसबुकमै एक युवकसँग उनको चिनजान भयो । बेलाबखत भेटेर उनीहरूले शारीरिक सम्बन्धसमेत राखे । फेसबुकमा च्याट गर्दा युवकले यौनांग देखाउन आग्रह गरे ।

उनले केही नसोची युवकले भनेजसरी गरिन् । समय बित्दै गयो । भेट्न बोलाएको ठाउँमा युवत...

सरकारको मुख्य प्राथमिकतामा ‘रेलमार्ग’

जेठ १८, काठमाडौँ । रेलमार्गलाई मुख्य प्राथमिकतामा राखेको सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि यस क्षेत्रमा कुल ७ अर्ब ७० करोड बजेट छुट्याएको छ ।

चालू आवमा साढे ४ अर्ब बजेट पाउको रेल मार्गले आगामी वर्षको लागि ३ अर्ब २० करोड रुपैयाँ बढी अर्थात कुल ७ अर्ब ७० करोड रुपैयाँ बजेट पाएको हो । आर्थिक वर्ष २०७६/७७ को बजेट गत बुधब...

वर्षातलाई निम्ता गर्दै नेपालमा प्रि–मनसुन सक्रिय

जेठ १८, काठमाडौँ । केहीदिन यता वर्षायामझैँ पानी परिरहेको छ । दर्के पानी पर्ने, हावा चल्ने अनि झलक्क घाम लाग्ने फेरि पानी पर्ने गरिरहेको छ । तर नेपालमा मनसुन सुरु भएको भने हैन । वर्षात्लाई निम्ता गर्दै प्रिमनसुन सक्रिय बनेको मौसमविद्को भनाइ छ । नेपालमा मनसुन भित्रने दिन १० जुन हो ।

त्यसको १० दिन अघि नै प्रिमनसुन सक्रिय...

मन्त्रालयसँग जनप्रतिनिधिको गुनासो

जेठ १४, काठमाडौँ । विभिन्न क्षेत्रका जनप्रतिनिधिहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफुखुशी कर्मचारी पठाएकाले सेवा प्रवाह चुस्तदुरुस्त हुन नसकेको गुनासो गरेका छन् ।

कर्मचारी समायोजन गर्दा स्थानीय तहको आवश्यकतालाई ख्यालै नगरिएको आरोप लगाउंदै कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन भन्छन्–‘समायोजनमा पठाइ...

विप्लवको बाटो पुरानै

जेठ १४, काठमाडौँ । राजधानीमा श्रृंखलाबद्ध बम विस्फोट गराएर त्रास फैलाएको नेत्रविक्रम चन्द विप्लव समुहको नेकपाप्रति नागरिकस्तरबाट विरोध सुरु भएको छ ।

पूर्वघोषित नेपाल बन्दको कार्यक्रम सफल बनाउन सोमवार विभिन्न स्थानमा बम र शकांस्पद वस्तु राखेर त्रास फैलाउने कामको विरोध सुरु भएको हो । प्रतिबन्धित विप्लव समुहले सरकारलाई च...

तरकारीको भाउ आकाशियो, गोलभेडा सबैभन्दा महङ्गो

जेठ १२, काठमाडौँ । जेठ महिना सुरु भएसँगै बजारमा तरकारीको भाउ अत्याधिक बढेको छ । महँगीको सबैभन्दा धेरै प्रभाव गोलभेडामा परेको छ । मनसुन सुरु भएसँगै बढ्ने तरकारीको भाउ यस वर्ष जेठको पहिलो सातोदेखि नै बढेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

झापाको बिर्तामोडमा रहेको प्रदेश –१ कै ठूलो कृषिथोक बजारमा गोलभेडा प्रतिकेजी ८० ...

१० महिनामा २ खर्बको पेट्रोलियम पदार्थ आयात

जेठ १२, काठमाडौँ । चालू आर्थिक वर्षको १० महिनामा ११ खर्ब ७८ अर्ब रुपैयाँको आयात हुँदा २ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । जारमा इन्धनको माग बढ्दै गएकाले पेट्रोलियम पदार्थ सबैभन्दा धेरै आयात भएको हो ।

मुलुकमा आयात हुनेमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार १० म...