पत्रपत्रिका

बजेटको अभावमा कान्ति बाल अस्पताल बन्द हुने अवस्थामा पुग्यो

चैत १७, काठमाडौँ । देशकै एक मात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६ बेड कटौती गरेको छ । कान्तिले आइसियू ६, इन्टरमिडियट (आइसियूमा लैजानुपूर्व बिरामी भर्ना गरिने बेड) १० र एक्स्ट्रा ३० गरी ४६ बेड कटौती गरेको समाचार नया...

आश्चर्य : जुम्ल्याह बच्चाका फरक-फरक पिता !

चैत १७, काठमाडौँ । चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर पिता फरक-फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा पिता फरक-फरक भएको पत्ता लागेको हो । यो कुराको खुलासा हुँदा डाक्टर पनि अचम्मित परेको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

जब दम्पत्ति आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछ...

ऋण भार थपियो, सरकारी प्रतिव्यक्ति ३२ हजार

चैत १२, काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आव ०७५ र ०७६ को पहिलो ८ महिनासम्म देशको कुल ऋण दायित्व नौ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ ।

कुल जनसंख्या ३ करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस अवधिसम्म प्रति...

प्रदेश सरकारले अख्तियारलाई टेरेन

चैत १२, काठमाडौँ । कर्णाली प्रदेश सरकारका मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अटेर गरेका छन् । कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन खर्चमा अनियमितता भएको भन्दै अख्यितयारको प्रदेश सरकार र मन्त्रालयलाई खर्चको विवरण बुझाउन पत्र काटेको समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ । तर, अख्तियारले दिएको समयसीमा घर्कदासम्म मन्त्रा...

एसईईको अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा त्रुटि नै त्रुटि

चैत १२, काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयको ...

विप्लवबारे सञ्चारमन्त्रीको स्पष्टिकरण : ‘बम बोकेर आउनेहरुलाई ताली पड्काउन सकिएन’

चैत १०, काठमाडौँ । ‘विप्लवजीहरुलाई पहिले शान्तिपूर्ण तरिकाले आफ्ना गतिविधि गर्नुस् भनेका थियौँ । उहाँहरु बम पड्काउन थाल्नुभयो । स्थानीय जनप्रतिनिलाई कर लगाउँदै हिँड्नुभयो । विकास निर्माणमा प्रतिशत लगाउन थाल्नुभयो । हामीले यसो नगर्नुस् भनेर बारम्बार भन्यौँ ।

उहाँहरुले व्यवहार सुधार नगरेपछि राज्यले आवश्यक कानुनी कारबाही...

नेपालमा सामाजिक सञ्जालबाट मार्केटिङ बढ्यो, १० हजार लाइक्सलाई ६० हजारसम्म

चैत १०, काठमाडौँ । विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि बढ्न थालेको छ । हाल ब्रान्डहरुले आफ्ना कन्टेन्ट सेयर गरिएको पोस्टमा १० हजार लाइक्स आएमा सेलीब्रेटी इन्फ्लुएन्सलाई ६० हजार रुपैयाँसम्म दिने गरेका छन् ।

अभिनेत्री स्वस्तिमा खड्कालाई अचेल रेडियो, टेलिभिजनभन्दा सामाजि...

स्थायी समितिको बैठकपछि विप्लवको पार्टीभित्र खड्क विश्वकर्मा एक्लिए

चैत १०, काठमाडौँ । नेत्रविक्रम चन्दको अति विश्वासपात्र मानिएका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पछिल्लो समय चन्द समूहभित्र एक्लिएका छन् । सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेको गतिविधिप्रति आशंका गरिएपछि जिम्मेवारीविहीन बनाइएको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

सरकारले विश्वकर्मालाई गिरफ्तार गरेको ४९ द...

विप्लवका कार्यकर्ता खोज्दै सेना गाउँ पसेपछि फेरि द्वन्द्वको त्रास

चैत ६, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोज्न नेपाली सेना कालिकोटका गाउँ पसेको छ । रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल प्रहरी र सशस्त्र बल पनि मिसिएको छ ।

कालिकोट विप्ल...

सुरक्षा संयन्त्र भन्छ, ‘विप्लव कहिले सिन्धुलीको बस्तीमा बस्छन्, कहिले जंगलमा’

चैत ४, काठमाडौँ । विप्लव माओवादीका महासचिव नेत्रविक्रम चन्द र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफूहरुको पहुँचभित्र नै रहेको दाबी गरेको छ ।

हाल सिन्धुलीमा रहनु भएका विप्लवको गतिविधिलाई नजिकबाट निहालिरहेको र उहाँले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहनुभएको जानकारी आफूहरुलाई प्राप्त भएको सुरक्षा...

जनप्रतिनिधिको धन्दा : वन मासेर ढुंगाखानी

चैत ४, काठमाडौँ । जनप्रतिनिधिको संलग्नतामा अवैध ढुंगाखानी र बालुवाखानी सञ्चालन गरिँदा ललितपुरको दक्षिणी भेगमा पर्ने लेले, टीकाभैरव, दुम्सिडोल र देवीचौरस्थित सामुदायिक वन तहसनहस भएको छ ।

जनताको कामसँगै तल्लो तहमा विकास निर्माणको मुख्य योजनाकारका रुपमा चुनिएका गोदावरी नगरपालिकाका जनप्रतिनिधिबाटै उक्त क्षेत्रको वन विनास ...

एक महिनामै ७७ अर्ब रेमिट्यान्स बढ्यो

चैत ४, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको भए पनि विप्रेषण आप्रवाह एक महिनामै ७७ अर्बभन्दा धेरै बढेको छ । पुनः श्रम स्वीकृति गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि विप्रेषण आप्रवह बढेको हो ।

चालू आर्थिक वर्षको माघसम्ममा विप्रेषण आप्रवह ५१५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यो विप्रषण पुसको तुलना...