पत्रपत्रिका

क्यान्सर अस्पतालले क्यान्सर नै पत्ता लगाउँदैन

फाल्गुण ७, काठमाडौँ । मध्य तथा सुदूरपश्चिमका नागरिकलाई लक्ष्य गरी २०७५ असार ११ गते बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरियो । करोडौँ खर्चेर यहाँ सुविधासम्पन्न भौतिक पूर्वाधार पनि बनाइयो । तर अहिले उक्त क्यान्सर अस्पताल क्यान्सर नै पत्ता लगाउन नसक्ने अवस्थामा पुगेको छ । यो समाचार आजको नागरिक दैनिकमा ग...

राजस्व नीति फेर्ने सरकारको तयारी

फाल्गुण ७, काठमाडौँ । चालू आर्थिक वर्षको पहिले ६ महिनामा लक्ष्यभन्दा २७ अर्ब कम राजस्व भएपछि सरकारले लक्ष्य भेटाउन विकल्प खोज्न थालेको छ । पुस मसान्तसम्ममा ४ खर्ब २९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा ४ खर्ब २ अर्ब रुपैयाँमात्रै संकलन भएको थियो ।

अहिलेकै अवस्थामा राजस्व संकलनको लक्ष्य भेटाउन मुस्किल पर्ने दे...

जीवितै मान्छेलाई फेसबुकले मृत घोषणा गरेपछि…

फाल्गुण ६, काठमाडौं । गएको शनिबार दिउँसो २ बजेतिर फेसबुक चलाउन खोजेँ, चलेन । फेरि लगइन गर्न खोज्छु, चल्दैन । जति गर्दा पनि चल्दैन । मैले नेटमा केही समस्या भयो कि भनेर खासै ध्यान दिइनँ । खफिसमा जान हतार थियो । निस्किएँ । अफिसमा पनि फेकबुक चलेन ।
त्यसमा रहेको ‘नोटिस आइकन’ बल्ल पढेँ । मेरो होस झन्डै गायब भयो । त्यसमा लेखि...

‘वाइडबडी प्रकरण’मा फेरि बयान लिने तयारी

फाल्गुण ६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणमा जोडिएका पदाधिकारी तथा कर्मचारीसँग बयान लिने तयारी गरेको छ ।

संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले दुइटा वाइडबडी विमान किन्दा चार अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकाल्दै छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो । सोहीअनु...

घुस्याहमाथि कारबाही गर्न सरकारले चासो दिएन

फाल्गुण ६, काठमाडौँ । घुस प्रकरणमा मुछिएपछि शुक्रबार राजिनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकमाथिको कारबाही अन्योलमा परेको छ । सरकारले उनीमाथि छानबिन गर्न चासो दिएको छैन भने अख्तियार अलमलमै छ ।
नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताको उजुरीमा छानबिन रोकिदिने भन्दै आयुक्त पाठकले ७८ ...

अख्तियारका आयुक्त नै घुस्याह, ४ महिनाअघि नै थाहा पाए पनि सरकार मौन

फाल्गुण ३, काठमाडौँ । नेपाल इन्जिनियरिङ कलेजले डेढ अर्ब रुपैयाँको सम्पत्ति हडप्ने विषयमा देखिएको विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको विषय नेपाल खवर डटकमले बुधबार राति पहिलोपटक सार्वजनिक गरेको थियो ।

मुद्दा मिलाइदिने बहानामा घुस दिने पक्षले भिडियोसमेत खिचेको र आयु...

मौसम पूर्वानुमान : आजबाट घमाइलो हुने

माघ २७, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि देशैभर मौसममा सुधार आउने जनाएको छ । ‘पश्चिमी वायुको प्रभाव घटेको छ,’ महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘आइतबारपछिका केही दिन सबैतिर घमाइला हुनेछन् ।’

पश्चिम र मध्य भागमा शनिबार दिउँसोदेखि सुधार आएपनि पूर्वी भागमा साँझसम्मै पानी परेको थियो । यस पटकक...

काठमाडौँमा ठगी धन्दा, एसएसपी लामा पनि मुछिए

माघ १८, काठमाडौँ । दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालकमाथि ठगी गरेको अभियोगमा पक्राउपुर्जी जारी गरेको ६ महिना वितिसक्दा पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन ।

क्लबका सञ्चालक मनोज श्रेष्ठ, समीप सिलाकार र अनान गुरुङविरुद्ध पक्राउपुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी ...

जेल गएकै दिन झुण्डिएर आत्महत्या

माघ १७, काठमाडौँ । श्रीमतीको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङ्वा शेर्पाले गएराति कारागारभित्रै झन्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठककले जानकारी दिए ।
शेर्पाकी श्रीमती सर्किनी शेर्पा गत पुस १६ गते आफ्नै कोठामा पासो लगाई मृत अवस्थामा फेला पर...

नेपालमा सहिदको संख्या झन्डै १२ हजार

माघ १६, काठमाडौँ । करिब तीन करोड जनसंख्या भएको मुलुकमा सहिदको संख्या झन्डै १२ हजार पुगेको छ । सरकारले प्रत्येक वर्ष आफूअनुकूल संख्या थप्दै जाँदा सहिदको सूची लम्बिएको हो । यसले गर्दा सहिदकै अवमूल्यन हुन थालेको छ ।

राणा शासनमा प्रजातन्त्रका पक्षमा आवाज उठाएको अभियोगमा मृत्युदण्ड दिइएका धर्मभक्त मागेमा, शुक्रराज शास्त्री...

घुस नपाई कामै गर्दैनन् कर्मचारी

माघ १५, काठमाडौँ । एक युवकले कागजको चिर्कटोभित्र ५० रुपैयाँ पोको पारे । यताउता हेरे अनि कर्मचारीको हातमा थमाइदिए । कर्मचारीले हतारहतार गोजीमा पैसा हाले । कालो ज्याकेट लगाएको ती कर्मचारी पैसा लिएपछि कागजपत्र मिलाउन थाले । पैसा दिने युवक कार्यालयको पछिल्तिरको झ्यालमा गएर उभिए । आइतबार दिउँसो १ः१६ बजे । ललितपुर, नापी कार्यालयको ...

स्ववियु चुनावप्रति कांग्रेस अनिच्छुक देखियो

माघ १५, काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यायलअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने पहलमा कांग्रेस अनिच्छुक देखिएको छ । पछिल्ला समय कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध आन्दोलनमा रहेका कारण तयारी गर्न नसक्ने अवस्था देखिएपछि उसले यस्तो रणनीति अपनाएको हो ।

त्रिविको क्यालेण्डर...