मुख्य समाचार

मृत भेटिएका केसीको साथबाट फेला पर्यो सुसाइड नोट!

भदौ ३, काठमाडौँ। राष्ट्रिय योजना आयोगको कार्यालय भित्रै मृत भेटिएका नायब सुब्बा बच्चुराम केसी सोमबार राति ११ बजे कार्यालय प्रवेश गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। आज बिहान राष्ट्रिय योजना आयोगको सिंहदरबारस्थित कार्यालयभित्रै मृत अवस्थामा फेला परेका नायब सुब्बा केसीको साथबाट सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ । कीर्तिपुरस्थित टौदहमा...

ओलीजी समझदारी अनुसार चल्नुहुन्छ: प्रचण्ड

भदौ २, काठमाडौँ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक सम्झौता अनुसार सरकार ५ वर्षसम्म रहने दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समझदारी’ अनुसार चल्नुपर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले समझदारीको आशय भने खुलाएनन् ।उनले भने,‘नेकपाको सरकार ५ वर्षसम्म रहन्छ। यसमा कुनै दुविधा नै छैन,’ सोमबार...

काठमाडौं प्रहरीमा पनि रवि लामिछानेविरूद्ध जाहेरी

भदौ १, काठमाडौँ। आत्महत्या गरेका पत्रकार सालिकराम पुडासैनीकी श्रीमतीले जनतासँग सिधा कुरा कार्यक्रमका सञ्चालक रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध किटानी जाहेरी दिएकी छिन्।आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उनले आत्महत्या दुरुत्साहनमा तीनै जनाविरूद्ध हदैसम्मको कारबाही माग्दै जाहेरी दिएकी हुन्।

उनको जाहेरी रुजु गरेर ज...

पार्टी एकतापछि अघि बढ्नुको विकल्प छैन: प्रचण्ड

साउन ३२, काठमाडौँ ।  आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्ड भने, ''पार्टी एकता नभएको भए विकल्प रहन्थ्यो होला तर अब यसको विकल्प खोज्ने भन्दा यसलाई सफलताको दिशा तर्फ बढाउनु नै कम्युनिष्ट आन्दोलनको अपरिहार्यता हो"। शनिबार काठमाडौंमा राष्ट्रिय चिकित्सक संघ नेपालले आयोजना गरेको  कार्यक्रममा उनले भने, 'कतिपय अवस्थामा आफूला...

पक्राउ परेका रबि लामिछानेलाई चितवन पुर्याइयो

साउन ३१, काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको छानबिनका क्रममा विषय पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालई चितवन ल्याइएको छ।

बिहीबार काठमाडौंमा पक्राउ परेको तीनैजनालाई कडा सुरक्षाकासाथ चितवन ल्याइएको हो । लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यालय पुर्‍याउदा राति साढे एक ...

नेपाली शब्दकोशमा ९० हजार नयाँ शब्द थपिने

साउन २८ , काठमाडौँ। तपाईं लास्सो भन्नुस् या फ्याफुल्ला । सेवारो गर्नुस् कि ज्वज्वलपा । सबैको नेपालीमा अर्थ हुन्छ– अभिवादन वा नमस्ते । अर्थ मात्र हैन, अब यी शब्द नै नेपाली भइसकेका छन् । विगत चार दशकमा नेपाली भाषामा झन्डै ९० हजार आगन्तुक, स्थानीय र अन्य शब्द आएका छन् । विज्ञहरूका अनुसार नेपालीकै विभिन्न भाषिका र नेपालभित्र बोलिने थारू, मैथिली, ...

विप्लव नेतृत्वको नेकपाको निशानामा स्थानीय सरकार

साउन २७, काठमाडौँ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आधार इलाका मानिन्छ, प्रदेश ५ । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रूकुम पूर्वमा विप्लव कार्यकर्ताको बाहुल्य देखिएको छ । उनीहरूले विगतमा झैं ‘जनसरकार’ खडा गरेका छन् । उनीहरूका उर्दी र चन्दाको मुख्य निशाना भने जनप्रतिनिधि र स्थानीय सरकार बनेका...

‘आरक्षण बचाऔं आन्दोलन’का क्रममा १९ जना पक्राउ

 साउन २६, काठमाडौँ।       काठमाडौँ स्थित सिंहदरबार घेराउ गर्ने कार्यक्रम अन्तर्गत भद्रकालीमा भेला भएका आरक्षण बचाउ आन्दोलनका सहभागी मध्ये १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल अनुसार दलित गैसस महासंघ अध्यक्ष भक्त विश्वकर्मा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अध्यक्ष कुमार लिङ्देन, लिम्बुवान राष्...

सरकारद्वारा हदबन्दीभन्दा बढीको जग्गा जफत गरिँदै

साउन २६, काठमाडौँ । सरकारले मुलुकभर उद्योग, प्रतिष्ठान, शिक्षण संस्थान, कम्पनी, संस्था या व्यक्तिका नाममा गैरकानुनी रूपमा लुकाएर राखिएको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने तयारी सुरु गरेको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता गैरकानुनी जग्गा सरकारका नाममा ल्याउन भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा ...

संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन सक्दैन: प्रचण्ड

साउन २५, काठमाडौँ । शनिबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले जनतामा आएको राजनीतिक सामाजिक जागरणसहितको परिवर्तनलाई कसैले उल्ट्याउन नसक्ने दाबी गरेका छन् । उनले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका छन्।उनले इतिहास उल्ट्याउन...

त्रिशूली बस दुर्घटनामा ५ जनाको मृत्यु २४ बेपत्ता

साउन २४, काठमाडौँ ।सर्लाहीको सदरमुकाम मलंगवाबाट काठमाडौं जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा पाँच जनाको मत्यु भएको छ भने १६ जनाको जिवितै उद्धार गरिएको छ। साथै २४ जना अझै बेपत्ता भएका छन्। ना ६ ख ७४६९ नम्बरको उक्त रात्रिबस शुक्रबार बिहान दुर्घटनामा परेको थियो। त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको बसमा ४५ जन...

पोखरा सडक डिभिजनका प्रमुख अख्तियारको नियन्त्रणमा

साउन २४, काठमाडौँ ।अख्तियारद्वारा सडक डिभिजन कार्यालय पोखराका डिभिजन इन्जिनियर हरि पोखरेलसहित ५ जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वार पक्राउ पर्नेमा पोख्रेल सहित पबित्रमणि आचार्य, ऋषिराम शर्मा, सन्देश लम्साल, र जीएसआर निर्माण सेवाका ऋषि गौतम रहेका छन्। उनीहरुको साथबाट घुस दिन प्रयोग भएको भनिएको ९ लाख रुपैयाँ पनि ...