मुख्य समाचार

युवा नेता लेखनाथले गरे आफ्नै नेताको भण्डाफोर

पुस २०, काठमाडौँ । युवा नेता लेखनाथ न्यौपानेले आफ्नै नेताको भण्डाफोर गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहेका नेता न्यौपानेले १५ बुँदामा आफ्नै पार्टीका नेताको भण्डाफोर गरेका हुन् । अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष न्यौपाने युवा र विद्यार्थी बीचमा अति लोकप्रिय मानिन्छन् । उनी तत्क...

रवि लामिछानेको डिभोर्स, कारण खोलेनन्

पुस २०, काठमाडौं । पत्रकार रवि लामिछानेले श्रीमति ईशासँग डिभोर्स गरेका छन् । करिब २५ वर्ष लामो सम्वन्ध रविले केही दिनअघि मात्रै अन्त्य गरेका हुन् । रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी आफूले लिएको उनले जानकारी दिए ।
डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरिका फर्किसकेकी छन् । रविले श्रीमतीसँग डिभोर्सको कारण भने ...

आहा पोखरा ! तपाईं पुग्नुभयो ?

मंसिर–पुषको रमाइलो र घमाइलो बेला । उस्तै खुलेको पोखेरेली आकाश । विवाह मन्डपमा सजिएकी दुलहीजस्तै देखिन्थ्यो–पोखरा । त्यसो त एउटा मुर्तिकारले परिकल्पना गरेर कोरेको सुन्दर मुर्तिजस्तै छ पोखरा । अझै भनौँ, सानैछँदा हजुरआमाले सुनाउने कथाकी परिजस्तै । नेपालको दोश्रो ठूलो शहर पोखराको केही दिन अघि मात्रै थप चर्चा परिचर्चा सुनियो मज्जैसँग । एक साता व्य...

अब अनलाइनबाटै बिहे, कोमल ओली ‘कारोबारी’

पुस १८, काठमाडौँ । कहिले ‘पोइला जान पाम’ त कहिले ‘मनमा आँट भाको, गोजीमा गाँठ भाको, यत्तिको मर्द भेटिएन कोही’ भनेर लोक गीतमार्फत बह पोख्ने चर्चित लोकदोहोरी गायिका कोमल ओली अब ‘कारोबारी’ बन्ने भएकी छिन् । दुई बीस उमेर काटिसक्दा पनि अविवाहित नै रहेकी ओलीले ‘माइस्वयम्भर डटकम’ नामक अनलाइन पोर्टल सञ्चालन गरी सोही मार्फत बरवधुको व्य...

सांसद चौधरीले आज सपथ लिने, जेलमै फर्किने

पुस १९, काठमाडौँ । सांसद रेशम चौधरीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको एक वर्षपछि सांसद् पदको सपथ ग्रहण गर्ने भएका छन् । टीकापुर हत्याकाण्डका आरोपी चौधरी जेलमै रहेको बेला प्रतिनिधिसभा निर्वाचनमा कैलाली–१, बाट निर्वाचित भएका थिए । तर, उनले सांसद पदको सपथ खान पाएका थिएनन्।
डिल्लीबजार कारागारमा पुर्पक्षका लागि राखिएका...

कहाँ छन् सिके राउत ?

पुस १८, काठमाडौँ । स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत काठमाडौंको सेन्ट्रल जेलमा ल्याइएका छन् । राज्यविप्लव मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका राउत यसअघि रौतहट जेलमा थिए । स्रोतका अनुसार राउतलाई बुधबार काठमाडौंको सुनधारास्थित सेन्ट्रल जेलमा ल्याइएको छ।

उनको स्वास्थ्यमा समस्या आएकाले बिहीबार दिउँसो टिचिङ्ग अस्...

पूर्वराजा ज्ञानेन्द्र शाह दमौलीमा, हेर्नेको भिड

पुस १८, दमौली । पूर्वराजा ज्ञानेन्द्र शाह आज दमौली आएका छन् । पोखराको केही दिनको बसाईँपछि उनी आज दिउँसो दमौली आएका हुन् । दमौलीमा उनलाई भेट्न आउनेको भिड लागेको थियो । उनले सर्वसाधारणलाई भेटेर सम्मान ग्रहण गरेका थिए ।
पछिल्लो समय भ्रमणका नाममा शाह देशका विभिन्न ठाउँमा पुगेका छन् । उनी बेलाबेला विदेश पनि पुग्ने गर्दछन् ।...

पोखराबाट रविन्द्रको स्पष्टिकरण : ‘पर्यटनमन्त्री भएकै कारण मेरो नाम जोडियो’

पुस १८, पोखरा । पर्यटनमन्त्री रविन्द्र अधिकारीले पर्यटनमन्त्री भएकै कारण आफ्नो नाम जोडिएको बताएका छन् । ‘वाइडबडी’ का कारण देशैभर आलोचना र चर्चामा रहेका अधिकारीले समितिको प्रतिवेदन यस्तो आउला भन्ने आफूले सोच्दै नसोचेको भन्दै दुखेसो समेत पोखेका छन् । संसदीय लेखा समितिअन्तर्गतको उपसमतिले बुझाएको प्रतिवेदनले ४ अर्ब ३५ करोड अनियमितता भएका निश्कर्ष...

निर्मला पन्तको हत्यारा छिटै पत्ता लाग्छ : प्रधानमन्त्री

पुस १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा छिटै पत्ता लाग्ने विश्वास व्यक्त गरेका छन् । एआइजीको तहबाट अनुसन्धान गरेको र घटना आश्चर्यजनक भएको पनि ओलीको भनाई छ । ‘यस घटनामा संलग्न अपराधीलाई हामी कुनै पनि हालतमा छाड्दैनौं । अलिकति ढिलो चाँडो होला तर पत्ता लगाएर कानूनको दायरामा ल्याउने र सजायको भागी ...

डा.केसीसँगको सहमति विपरित आयो सरकारी प्रतिवेदन

पुस १८, काठमाडौं । सरकारले एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन सक्ने गरी चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन तयार पारेको छ । शिक्षा तथा स्वास्थ्य समितिले डा. गोविन्द केसी र सरकारबीच भएको सहमति विपरित यस्तो प्रतिवेदन तयार भएको हो । डा. केसीसँग भएको सहमतिले उपत्यका बाहिर पनि मेडिकल कलेज नखुल्ने अवस्था ...

को हुन् प्रधानन्यायाधीश चोलेन्द्र ?

पुस १८, काठमाडौँ । सर्वोच्च अदालत पुगेर आजै कार्यभार सम्हालेका नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा राणा परिवारका सदस्य हुन् । वकालत गर्दागर्दै चोलेन्द्र ०५३ बैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए । लामो समय अस्थायी न्यायाधीश भएका उनी पछि विशेष अदालतको सदस्य पनि भए ।
पुनरावे...

ओरालो लाग्दै रविन्द्र अधिकारी

पुस १७, काठमाडौँ । रविन्द्र अधिकारी चर्चामा छन् मन्त्री भएदेखि नै । यसो त उनी पहिले पनि चर्चा चाहने नेता हुन् । होचा कदका भए पनि अग्ला कुरा गर्ने उनी कस्केली जनताको प्रिय थिए कुनै बेला । मिठो स्वरमा तार्किक कुरा गर्थे । नेपाली राजनीतिका राम्रा नेताहरूमा उनको पनि नाम आउँथ्यो ।
विशेषतः कास्कीबाट देशको उच्च तहमा पुग्न सक्...