मुख्य समाचार

इलाम पुगे डा.केसी, भोलिबाट अनशन बस्ने

पुस १७, काठमाडौँ । डा.गोविन्द केसी इलाम पुगेका छन् । सरकारले माग पुरा नगरेपछि डा गोविन्द केसी अनशन बस्न यो पटक इलाम पुगेका हुन् । उनले भोलिबाटै अनशन थाल्ने बताइएको छ । डा केसीको यो १६ औं अनसन हो ।

सरकारलाई माग पुरा गर्न पटक पटक समय दिँदा पनि आलटाल गरेको भन्दै उनले १६ औं अनसन सुरु गर्न लागेका हुन्। डा केसीको माग र सरका...

टोपी दिवस : किन ठीक ? किन बेठीक ?

पुस १७, काठमाडौँ । आज पुष कृष्ण एकादशी । सन् २०१९ को आरम्भ भएको दिन । त्यतिमात्रै होइन, आज ‘टोपी दिवस’ भन्नेहरु पनि उत्तिकै छन् । ढाका टोपी लगाएर तस्विर खिचाउँदै सामाजिक सञ्जालमा शुभकामना दिएको प्रशस्तै देखिन्छ । यद्यपि अंग्रेजी नयाँ वर्षकै दिनसँग भने टोपी दिवसको ‘१२ हातको साइनो’ पनि छैन । ढाका टोपीले चिसो नछेक्ने भएकोले मौसम...

उकालो–ओरालो नगरी शिखरमा पुगिँदैन : प्रचण्ड

पुस १६, काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उकालो–ओरालो नगरी शिखरमा पुग्न नसकिने बताएका छन् । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीको विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य राजन राईसहित २२ नेता कार्यकर्तालाई पार्टीमा भित्र्याउने क्रममा प्रचण्डले सो कुरा बताएका हुन् ।
आजै सोमबार खुमलटारमा भएको पार्टी...

भट्टराई र केसीको जुहारी

पुस १६, काठमाडौं । नेकपाका नेता योगेश भट्टराई र डा. गोविन्द केसीबीच जुहारी चलेको छ । डा. गोविन्द केसीले संसदीय समितिमा आउन अस्वीकार गरेपछि सांसद भट्टराई र केसीबीच जुहारी चल्न थालेको हो । चिकित्सा शिक्षा विधेयकमाथि छलफल गरिरहेको शिक्षा तथा स्वास्थ्य समितिले डा. केसीसँग छलफल गर्ने जिम्मा भट्टराई र कांग्रेस सांसद गगन थापालाई दिएको थियो । तर, केस...

के हो ल्होसार ? घरमा मान्ने कि टुँडीखेलमा ?

पे म्ह्स्या, छ्या म्हमु, छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु,
अर्थात्, शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, अनि परम्परा हराए मान्छे नै हराउँछ ।

गुरुङ (तमु) समुदायमा माथिको भनाइ निकै लोकप्रिय छ । पछिल्लो समय ल्होसारको पहिचान हराउँदै गएको छ । यस्तै हो भने मान्छे नै हराउन कति ब...

‘पशुपतिमा चोर्नेलाई पाप लाग्दैन ?’

पुस १४, काठमाडौँ । धर्मले भन्छ–चोर्नु पाप हो । ‘सेवा गरे मेवा मिल्छ’ हाम्रो मुखमा झुँडिएको वाक्य । तर, विडम्वना ! हिन्दु धर्मावलम्बीको आस्थाको धरोहर अर्थात् दैनिक हजारौँ भक्तजन पुग्ने पशुपतिनाथको मन्दिरभित्रै चोरी हुन्छ । चोर्ने बाँदरले होइन । किनकि बाँदरले जुत्ता लगाउँदैन । अर्थात्, त्यहाँ नयाँ र महङ्गाखाले जुत्ता हराउँछ ।
पशुपतिनाथ ...

विनोदले निकाले ‘फुटबल’

पुस १४, पोखरा । पत्रकार विनोद लामिछानेको ‘फुटबल’ नामक कृति प्रकाशित भएको छ । पोखराको फुटबलको इतिहासबारे लेखिएको सो पुस्तकको आज एक कार्यक्रमकाबीच गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले विमोचन गरे । खेलकुद पत्रकार मञ्च, कास्कीका पूर्वअध्यक्ष समेत रहेका लामिछाने खेलकुदबारेका जानकार नै हुन् । खेलबारेको समाचार लेख्न मात्रै होइन, खेल्न पनि उनी सक्रिय...

समाजवादको वहस थाल्ने को हुन् यी नेता ?

पुस १३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गरेको छ यतिबेला । बहुमत मात्रै होइन, दुईतिहाई बहुमत छ यो सरकारसँग । ठूला दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी पार्टी नै एकता गरी केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त नेतृत्व गरेका छन् । सरकारको नेतृत्वमा छन्, दुई मध्येका एक अध्यक्ष–ओली । यही सरकारको नारा छ–सुखी नेपाली, समृ...

कुर्सी प्राप्त गरेपछि मान्छे अन्धो हुन्छन्ः सिटौला

पुस १२, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला तेस्रो धारका नेता हुन् । सिटौलाले अहिले देउवा र पौडेल भन्दा बेग्लै गुटको नेतृत्व गरिरहेका छन् । यसैसाता सम्पन्न महासमिति बैठकमा आफ्नो समूहको लाइन अनुसारको विधान पारित भएको सिटौलाको दाबी छ ।

‘विधान ल्याउन मेरो हस्तक्षेपकारी भूमिका नै भयो । अहिले जुन विधान आयो, त्यो शेरबहादुरज...

अमेरिका के हो ?

पुस ११, काठमाडौँ । सञ्चारकर्मी शिव शर्मा अमेरिका बस्छन् । करिब चार वर्ष भयो उनी अमेरिका बस्न थालेको । तनहुँका शर्मा अमेरिका जानुपूर्व कान्तिपुर राष्ट्रिय दैनिकमा कार्यरत थिए पोखरामा । अमेरिका पुग्नेबित्तिकै उनले अमेरिकाबारे लेख लेखे । बेलाबेला उनी अमेरिका बस्नु वाध्यताझैँ लेख्छन् र सार्वजनिक गर्छन् सामाजिक सञ्जालमार्फत । अमेरिकालाई उनले बुँदा...

बलरामको व्यङ्ग्य : कमरेडलाई अप्ठेरो छ !

पुस ११, काठमाडौँ । प्रगतिवादी कवि बलराम तिमिल्सिना ‘मुक्तिपथीक’ले सत्तारुढ नेकपालाईलाई कवितामार्फत व्यङ्ग्यात्मक प्रहार गरेका छन् । तत्कालिन नेकपा (माओवादी केन्द्र)का नेता समेत  रहेका तिमिल्सिना एमाले र माओवादीबीचको एकता प्रक्रियामा भने सहमत भएनन् । नेता तथा लेखक विश्वभक्त दुलाल ‘आहुति’ सहित नयाँ पार्टी निर्माणमा लागेका थिए उनी ।
प्रगत...

‘नहाँसेको दिन बर्वाद गरेको दिन हो’ (प्रेरक भनाईसहित)

विश्व चर्चित हाँस्य कलाकार चार्ली चाप्लिनको जीवनका सुरुवाती दिनहरु निकै कठिनापूर्ण थिए । उनले निकै संघर्ष र दुःख गरेर ठूलो सफलता प्राप्त गरे । आफूले जीवनमा जति कठिनाई झेले पनि उनले सबैलाई हँसाइरहे । उनै कलाकारका मर्मस्पर्शी यी भनाईले निकै ठूलो प्रेरणा दिन्छ । कतिपयले भनाईले जीवन नै बदल्दिन सक्छन् । चार्लीका चर्चित १० भनाई यी हुन् :