अपराध

एकै परीवारका ३ जनाले गरे झुण्डिएर आत्महत्या

चैत २२, काठमाडौँ । चितवन जिल्लाको भरतपुर महानगररपालिका -१८ शशीनगरमा एकै परीवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका छन् । उनीहरुले घरभित्र सलको पाशो लगाइ झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्नेमा आमा माया आलेमगर, छोरी विनिता मगर तथा छोरा विवेक मगर रहेका छन् । मृतक माया आलेमगरका श्रीमान नरबहादुर मग...

महिलाको शव जलाउँदा जलाउँदै चार मलामी पक्राउ

चैत १७, रौतहट । महिलाको शव जलाउँदा जलाउँदैको अवस्थामा उनका श्रीमानसहित चार मलामी पक्राउ परेका छन् । रौतहटको गढीमाई नगरपालिकाको हरैया टोलकी २८ बर्षीया महिलाको हत्याको आरोपमा श्रीमानसहित चार जना पक्राउ परेका हुन् ।

गढीमाई नगरपालिका १ समनपुर हरैया टोलकी सुनीताकुमारी ठाकुरको शव जलाइरहेका बेला श्रीमान सरमोद ठाकुर, काका राम...

भ्रष्टाचारको अभियोगमा अख्तियारका पूर्वआयुक्त विरुद्ध मुद्दा दर्ता

चैत १२, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ ।

भक्तपुरस्थित नेपाल इन्जिनियरिङ्ग कलेजको मुद्दा मिलाइदिने भन्दै पाठकले ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएको थियो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ...

ब्राउन सुगर कारोबारमा ड्रोनको प्रयोग हुँदै आएको खुलासा

माघ २४, काठमाडौँ । ब्राउन सुगर कारोबारीले प्रहरीबाट बच्न अत्याधुनिक प्रविधिको प्रयोग गर्ने गरेको खुलेको छ । लागूऔषध कारोबारी धरानका वितु भनिने जिनिश गुरुङले ड्रोनको प्रयोग गरेर ब्राउन सुगर बिक्री गर्ने गरेको खुलेको हो ।

प्रहरीले उनलाई मंगलबार उनकै कोठाबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोग...

एक करोड ७१ लाखसहित मालपोत अधिकृत फरार

पुस २४, चितवन । चितवन जिल्ला मालपोत कार्यालयका लेखा अधिकृत रिठ्ठे दर्जी एक करोड ७१ लाख रकम हिनामिना गरेर फरार भएका छन् । मालपोत कार्यालय भरतपुरका प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मंसिर २५ गतेदेखि नै सम्पर्कविहीन भएको जानकारी दिए । आन्तरिक लेखा परीक्षणका क्रममा रकम बेरूजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएका हुन् । ग...

निर्मला पन्तको हत्यारा छिटै पत्ता लाग्छ : प्रधानमन्त्री

पुस १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा छिटै पत्ता लाग्ने विश्वास व्यक्त गरेका छन् । एआइजीको तहबाट अनुसन्धान गरेको र घटना आश्चर्यजनक भएको पनि ओलीको भनाई छ । ‘यस घटनामा संलग्न अपराधीलाई हामी कुनै पनि हालतमा छाड्दैनौं । अलिकति ढिलो चाँडो होला तर पत्ता लगाएर कानूनको दायरामा ल्याउने र सजायको भागी ...

सेतीमा वालुवा तस्करी

पुस ८, पोखरा । पोखराको सेती नदिबाट अवैध रुपमा बालुवा निकाल्ने र विक्री वितरण खुलेआम हुने गरेको छ । स्थानीय सरकारले यसलाई नियन्त्रण गर्न विभिन्न कदम चाले पनि सेतीको बालुवा तस्करी अझै रोकिएको छैन ।

तीन वर्षदेखि सेती नदीमा बालुवा तस्करीको विषयमा नियमित अनुगमन गरिएको छ । अनुगमनबाट सेतीमा बालुवा ओसार्ने र निकाल्नेको जीविकाको विषयमा समेत नज...