समाचार

‘नेपालीस्याट-१’ नामक नेपाली भू-उपग्रहको अन्तरिक्षमा प्रक्षेपण

बैशाख ५, काठमाडौँ । नेपाल सरकारले अन्तरिक्षमा आफ्नै भू-उपग्रह पठाएको छ । अमेरिकाको भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट बिहिवार बिहान २ बजेर ३१ मिनेटमा ‘नेपालीस्याट-१’ नामक भू-उपग्रह अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो ।

करीब एक किलोग्राम तौल भएको उक्त नेपाली भू-उपग्रहलाई एन्टारेस नामक वायुय...

चट्‍याङ्गमा परि बारामा ६ जना घाइते

बैशाख ४, काठमाडौँ । बारमा जिल्ला कलैया उपमहानगरपालिका-१३स्थित इँटा उद्योगमा चट्‍याङ्ग पर्दा त्यहाँ कार्यरत ४ जना मजदुर सहित अन्य ६ जना घाइते भएका छन् । चट्याङ लागेर मजदुरहरु बस्ने छाप्रोमा आगलागी समेत भएको थियो । छाप्रोमा लागेको आगो कलैया उप‍महानगर पालिकाको वारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । 

घाइते हुनेमा बारा कोत...

बालुवाटारबाट विवेकशीलका नेता कार्यकर्ता पक्राउ

बैशाख ४, काठमाडौँ । बालुवाटारस्थित प्रधानमन्त्री निवास कार्यलयको जग्गा भूमाफियाले कब्जा गरेको बिरोध स्वरुप प्रधानमन्त्री कार्यालयका जग्गामा नेपाली झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री निवास, प्रधानन्यायाधीश निवास र सभामुखको निवास पछाडि रहेको सरकारी जग्ग...

भक्तपुरमा ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु

बैशाख ४, काठमाडौँ । भक्तपुरबाट च्यामासिंह-ब्रम्हयाणीतर्फ गैरहेको ट्रककले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

बा५ख ३८३९ नंको निशान ट्रकले  हिजो राती ७ बजे ठक्कर दिँदा रामेछाप सुनपाती गाउँपालिका–३ घर भई हाल भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तानको मृत्यु भएको महानगरीय प्रहरी परिसर...

च्याम्पियन्स लिगबाट बाहिरियो जुभेन्टस आयाक्सको उत्कृष्ट प्रदर्शन

बैशाख ४, काठमाडौँ । च्याम्पियन्स लिगको दोस्रो क्वाटरफाइनलमा पराजित हुँदै जुभेन्टस बाहिरिएको छ । इटालीको एलिनाज स्टेडियममा भएको खेलमा नेदरल्याण्डको आयाक्सले जुभेन्टसलाई २-१ गोलले पराजित गरि सेमिफाइनलमा स्थान बनाएको हो ।

च्याम्पियन्स लिगमा आज जुभेन्टस र आयाक्स तथा बार्सिलोना र म्यानयु प्रतिस्पर्धा गर्दै

बैशाख ३, काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग अन्तरगतको दोस्रो क्वाटरफाइनल खेल नेपाली समय अनुसार आज राती पौने एक बजेबाट सुरु हुने छ । 

जुभेन्टसको टुरिनमा हुने दोस्रो लेगमा आयाक्लाई जितेमा वा बराबरीमा मात्र रोक्न सके जुभेन्टस सेमिफाइनलमा पुग्ने छ । च्याम्पियन्स लिगकै लागि भनेर जुभेन्टसका म्यानेजर मिसिमिलानो एलेग्रीले क...

‘टिकटक’ हटाउन एप्लिकेसन स्टोरलाई भारत सरकारको पत्र

बैशाख ३, काठमाडौँ । विश्वभर चर्चित रहेको सामाजिक सञ्जाल टिक-टक गुगलको प्लेस्टोर तथा एप्पलको एपस्टोरबाट हटाउन भारतीय सरकारले ती एपस्टोरहरुलाई आग्रह गरेको छ ।

मद्रास उच्च अदालतले यो लोकप्रिय एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई आदेश गरेको थियो । उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको र सर्वोच्चले टिक-टकला...

पोखरामा २२ वर्षीया युवतिमाथी बलात्कार

बैशाख ३, पोखरा । पोखराको लेकसाइडस्थित एक होटेलमा २२ वर्षीय युवतिमाथी बलात्कार भएको छ । बलात्कारको अभियोगमा प्रहरीले ४ जना पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्ला स्थाई घर भएका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।

सोमबार २२ वर्षीय युवतीमा...

आइपिएल : मुम्वईले बैंग्लोरलाई हरायो

बैशाख ३, काठमाडौँ । मुम्वईको वानखडे स्टेडियममा हिजो मुम्वई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोरबिच खेल भएको थियो । उक्त खेलमा मुम्वईले बैंग्लोरलाई ५ विकेटले पराजित गरेको छ ।

टस हारेर ब्याटिङ्गको निम्तो पाएको बैंग्लोरले २० ओभरमा ७ विकेट गुमाउदै १७० रन बनाएको थियो । बैंग्लोरका लगि एबिडे भिल्लर्सले ७५ तथा मोइन अलीले ५०...

आर्सनल प्रिमियर लिगको चौथो स्थानमा उक्लियो

बैशाख ३, काठमाडौँ । प्रिमियर लिगमा हिजो राति भएको एकमात्र खेलमा आर्सनलले संघर्षपुर्ण जित हासिल गरेको छ । उसले वार्टफोर्डलाई १-० ले पराजित गरेको हो ।

खेल सुरु भएको १०औँ मिनेटमा इमिरिक औवामयाङ्गले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ११औँ मिनेटमा टोरी डेनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि वाटफोर्ड १० खेलाडीमा सि...

लिभरपुलद्वारा चेल्सी पराजित

वैसाख २, काठमाडौँ । प्रिमियर लिग फुटबलमा हिजो लिग लिडर लिभरपुलले लिगको चौथो स्थानको चेल्सीलाई २-० गोलले पराजित गरेको छ । साडियो माने तथा मोहम्मद सलाहको उत्कृष्ट गोलमा लिभरपुलले चेल्सीलाई पराजित गर्न सफल भएको हो । 

दोस्रो हाफको ५१औँ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसको २ मिनेटमानै मोहम...

आइपिएल : दिल्लीले हैदरावादलाई उसकै मैदानमा हरायो

वैसाख २, काठमाडौँ । आइपिएल क्रिकेट अन्तरगत हिजो भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ३९ रनले पराजित गरेको छ । दिल्लीले पछिल्ला ३ खेलमा लगातार जित दर्ता गरि लिगको दोस्रो स्थानमा उक्लिन सफल पनि भएको छ ।

टस जितेर फिल्डिङ्ग रोजेको हैदरावादले निर्धारित २० ओभरमा दिल्लीलाई ७ विकेट लिँदै १५५ रनमा समेटेको थियो ...