समाज

एसएसपी लामाका गार्ड किन परे निलम्वनमा ?

माघ १९, काठमाडौँ । नेपाल प्रहरीले दैनिकरुपमै मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाएको छ कि छैन चेकिङ गर्दछ । मापसे गरेर सवारी साधन चलाउनेहरु दैनिक सयौँको संख्यामा कारबाहीमा पर्ने गरेका छन् । तर, कतिपय प्रहरीलाई चेकिङ गर्दा आफैँले मापसे गरेर बस्ने गरेको आरोप पनि लाग्ने गरेको छ । अत्यधिक मादक पदार्थ सेवन गरेर तीब्र गतिमा...

सडकमा पाएको २४ हजार पुलिसलाई बुझाए पौडेल र नेपालीले

माघ १८, पोखरा । पोखरा–१७, ड्यामसाईडका विक्रम पौडेल र पोखरा–३३, लामगादीका सन्तोष नेपालीले सडकमा भेटिएको २४ हजार रुपैयाँ नेपाल प्रहरीलाई बुझाएका छन् । आज शुक्रबार दिउँसो २ बजेतिर उद्योग वाणिज्य संघ कास्कीको कार्यालय भवन, गैह्रापाटन अगाडी सडक किनारामा उनीहरु सो रकम फेला पारेका हुन् ।

सो रकम उनीहरुले जिल्ला प्रहरी कार्याल...

जेल गएकै दिन झुण्डिएर आत्महत्या

माघ १७, काठमाडौँ । श्रीमतीको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङ्वा शेर्पाले गएराति कारागारभित्रै झन्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठककले जानकारी दिए ।
शेर्पाकी श्रीमती सर्किनी शेर्पा गत पुस १६ गते आफ्नै कोठामा पासो लगाई मृत अवस्थामा फेला पर...

सिडिओको आदेशमा गोली ठोक्न सकिने

माघ १६, काठमाडौँ । कतै हुलदङ्गा वा शान्ति सुरक्षा भंग हुने गरी कसैले आतंक मच्चाउन खोजे अनुमति लिई घुँडामुनि मात्र गोली चलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने गरी गृह मन्त्रालयले नयाँ विधेयक तयार पारेको छ ।

संविधानले परिकल्पना गरेअनुसार शान्ति सुरक्षा कायम गर्न वा विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ । गृहमन्त्री...

दाइजो लेनदेन गरे ३ वर्ष जेल

माघ १४, काठमाडौँ । भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ लागू भएपछि भने दाइजो माग्ने र दाइजोका कारण महिला हिंसा गर्नेलाई कडा कारबाही हुने भएको छ । ऐनको दफा १७४ को उपदफा १ मा सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना बाहेक विवाहमा दुलाहा वा दुलही पक्षबाट कुनै पनि चल अचल सम्पत्ति, दाइजो माग गर्न र...

शिक्षक नै शौच गर्न जंगलतिर जान्छन्

माघ १४, काठमाडौँ । गत वर्ष चैतमा सिराहमा भव्य कार्यक्रम आयोजना गरियो । प्रमुख अथिति मुख्यमन्त्री लालबाबु राउतले हरियो झन्डा देखाएर तथा सरसफाइ स्तम्भ अनावरण गरेर जिल्लामा शतप्रतिशत चर्पी बनेको घोषण गरे । स्तम्भमा लेखिएको छ, ‘सिरहा जिल्ला शतप्रतिशत घरधुरी तथा संघसंस्थाहरुमा सुरक्षित शौचालयको पहुँच भई प्रदेश नम्बर २ को पहिलो खुल...

उधारो नतिर्नेको नाम सार्वजनिक, नेतादेखि ठेकेदारसम्म

माघ १३, काठमाडौँ । उधारो खाएपछि तिर्नु पर्ने वाध्यता सम्झेर मान्छेहरु साहूसँग लुकेर हिँड्ने गर्दछन् । साहूले पनि ऋणीलाई जहाँ देख्यो त्यहीँ झपार्छन् र पैसा माग्छन् । रौतहटको चन्द्रपुर–४, का आनन्द दाहालले भने उधारो खाएर नतिर्नेहरूलाई ‘धन्यवाद’ भनेर ग्राहकको लिस्ट सार्वजनिक गरेका छन् । शुक्रबार सार्वजनिक भएको सो लिस्ट सामाजिक सञ...

शिक्षाको सरोकार र शिक्षामा सरकार

शिक्षा मानव जीवनको एक निरन्तर प्रक्रिया हो अर्थात जन्मदेखि मृत्युसम्म यो वा त्यो रुप र पद्धतिमा निरन्तर चलिरहन्छ । शिक्षा प्रकृतिले, परिवारले, समाज, धर्म, संस्कार, वातावरण र समयले दिइरहन्छन् र बच्चा सिकिरहन्छ । यी सिकाइहरु सरल, सहज र स्वभाविक हुन्छन् र रुपमा अनौपचारिक हुन्छन् । अनि बच्चा अलि जटिल सिकाइमा जान्छ जब उ विद्यालयमा औपचारिक शिक्षामा...

७ दिनमै आमाको ‘काजक्रिया’ सकाए रानाभाटले

माघ १२, माघ । हिन्दु संस्कारअनुसार कसैको निधनपछि विधि पुर्याएर ‘काजक्रिया’ गरिन्छ । दाहसंस्कार गर्ने बेला मृतकका परिवारका सदस्य वा नाताले नजिक पर्नेले दाह्री–कपाल खुईल्याउँछन्, एक सरो सेतो कपडा लगाएर १३ दिनसम्म ‘चोखो’ अल्नो (नुन नहालेको) खाएर कसैलाई नछोई बस्ने गर्दछन् । १३ औँ दिनमा क्रिया अम्किएर मृतकका नाममा भाञ्जा वा ज्वाईं...

रुपाको शिवालय माविमा भुपू विद्यार्थी मञ्च गठन, अध्यक्षमा सुवेदी

माघ ८, पोखरा । रुपा गाउँपालिकाको शिवालय माध्यमिक विद्यालयमा भुपू विद्यार्थी मञ्च गठन भएको छ । साविक थुम्की गाविसको सो विद्यालयमा शनिबार भएको भेलाले राजन सुवेदीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्ष शिवराज सुवेदी , सचिव पोस्टराज सुवेदी, सहसचिव कृष्ण सुवेदी ओझा र कोषाध्यक्ष प्रदिप सुनाम र...

रवि लामिछानेले गरे अर्को विहे

माघ ७, काठमाडौँ । पत्रकार रवि लामिछानेले अर्को विवाह गरेका छन् । केही साताअघि मात्रै श्रीमती इशा श्रेष्ठसँग सम्बन्धविच्छेद गरेका रवीले आज अर्को विवाह गरेका हुन् । निकिता यसअघका पतिसँग सम्बन्ध विच्छेदपछि एक्लै थिइन् । यी दुईबीच केही महिनायता अफयर रहेको र बिहे गर्ने योजनाअनुसार इशासँग रवीले सम्बन्धविच्छेद गरेको चर्चा चलेको थियो...

गजल

गजल

मलाइ ढाँटेर गएउ

थुक चाटेर गएउ

अवसरको इस्पातले

साइनो काटेर गएउ

हिजो थियौ एउटै नदि