खेलकुद

वडिविल्डङका विश्वच्याम्पियन महर्जन गुरुकुलबाट सम्मानित

फागुण २, पोखरा । पोखराको नयाँबजारस्थित गुरुकुल विद्या सदन माविले वडिविल्डिङका विश्व च्याम्पियन महेश महर्जनलाई बिहिबार सम्मान गरेको छ । विद्यालयले महर्जनलाई नगद २५ हजार, दोसल्ला सहित ताम्रापत्रले विद्यालयमा आयोजित एक समारोहका विच सम्मान गरेको हो ।

विद्यालयका अध्यक्ष ई.धर्म कोइराला, विद्यालय सञ्चालक बद्रि पंगेनी, प्रमोद...

क्रिकेटको राष्ट्रिय टिमलाई प्रचण्डले भेटेरै दिए बधाई !

माघ २२, काठमाडौँ । क्रिकेटको राष्ट्रिय टोलीलाई नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले विश्वमै नेपालको इज्जत बढाएको भन्दै प्रशंसा सहित बधाई दिएका छन् । ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई खुमलटारस्थित निवासमा बोलाएर प्रचण्डले बधाई तथा शुभकामना दिएका हुन् । आफ्नो तर्फबाट खेलको विकास र खेलाडीक...

नेपालले युएइलाई ४ वीकेटले हरायो

माघ १८, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध चार विकेटले नेपाल विजयी भएको छ । टीट्वेन्टी शृंखलाअन्तर्गत दोस्रो खेलमा पहिलो खेल गुमाएको नेपालले दोस्रो खेलमा भने युएईलाई पराजित गरेको हो ।

युएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरे पनि अन्तिममा जित निकाल्न सकेको हो । चार बलमा एक रन चाहिएको अ...

क्रिकेट रंगशालाबारे प्रधानमन्त्रीले के भने ?

धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला बनाउने आँट गर्‍यो । आँट कसरी गर्‍यो रु बजेट निकै ठूलो छ । पैसा साथमा छैन । तै पनि आँट गर्‍यो । आँट गरेर नगरपालिकासँग सम्झौता नै गर्‍यो । हामीलाई एउटा परिकल्पना पनि प्रदर्शन गरेको छ ।

म खुसी व्यक्त गर्न चाहन्छु, नयाँ काम प्रारम्भ गर्ने संकल्प गरेका छौं । त्यसका लागि केही आधारभूत कुरा तय भयो । स्थान त...

चितवनको रंगशालामा भारत र पाकिस्तानलाई खेलाइन्छ : रेणु

माघ १६, काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवनमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो म्याच नै भारत र पाकिस्तानबीच खेलाउने योजना प्रस्तुत गरेकी छन् । रंगशाला घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो योजना सुनाएकी हुन् ।

मेयर दाहालले भनिन्, ‘भारत र पाकिस्तानबीच राम्रो सम्वन्ध छैन । त्यसैले उनीहरु ...

धुर्मुस–सुन्तलीले चितवनमा क्रिकेट रङ्गशाला बनाइदिने

माघ १६, काठमाडौं । नेपालले क्रिकेटमा राम्रो सफलता हासिल गर्दै गए पनि खेल मैदानको भने अभाव छ । जसोतसो खेलाडीले अभ्यास गरेर क्रिकेट मार्फत नेपाललाई चिनाइरहेका छन् । यहि अभावलाई ख्याल गर्दै ‘धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिदिने भएको छ । फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका...

शतक हानेर पारस खड्काले बनाए रेकर्ड

माघ १४, काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान पारस खड्काले शतक हानेर नयाँ रेकर्ड बनाएका छन् । योसँगै उनी एकदिवसीय क्रिकेटमा शतक बनाउने खड्का पहिलो नेपाली क्रिकेटर बनेका छन् ।

युएईविरुद्धको अन्तिम तथा तेस्रो एकदिवसीय म्याचमा नेपाललाई ऐतिहासिक जित दिलाउने क्रममा पारसले ११५ रन बनाए । उनले ९६ बलमा १०० रन बन...

पोखरामा आइटीएफ यु–१८ टेनिस प्रतियोगिता हुने

माघ  ११, पोखरा । अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा १८ वर्ष मुनिको आइटीएफ टेनिस प्रतियोगिता हुने भएको छ । यहि माघको २१ देखि शुरु हुने प्रतियोगिताको तयारी तिब्र पारिएको आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।

प्रतियोगितामा भाग लिन वि...

क्रिकेटको राष्ट्रिय टोली आज अपरान्ह युएई जाने

माघ ८, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली आज युएईसँगको वान डे र टी–२० सिरिज खेल्न आज त्यसतर्फ प्रस्थान गर्दैछ । १६ सदस्यीय नेपाली टोली अपरान्ह साढे ४ बजे युएई जाने बताइएको छ । नियमित कप्तान पारस खड्काको कमानीमा घोषणा गरिएको टोलीमा भीम सार्कि, अबिनास बोहोरा, सन्दिप झोरा र पवन सर्राफले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका...

मेस्सीको गोलमा बार्सिलोनाको जित

पुस २३, काठमाडौं । मेस्सी र स्वारेजको गोलमा लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ । सोमबार बिहान भएको खेलमा बार्सिलोनाले गेटाफेलाई उसैको मैदानमा २–१ गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे । गेटाफेका लागि जइमी माटाले गोल गरेका थिए ।
खेलको २०...

विनोदले निकाले ‘फुटबल’

पुस १४, पोखरा । पत्रकार विनोद लामिछानेको ‘फुटबल’ नामक कृति प्रकाशित भएको छ । पोखराको फुटबलको इतिहासबारे लेखिएको सो पुस्तकको आज एक कार्यक्रमकाबीच गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले विमोचन गरे । खेलकुद पत्रकार मञ्च, कास्कीका पूर्वअध्यक्ष समेत रहेका लामिछाने खेलकुदबारेका जानकार नै हुन् । खेलबारेको समाचार लेख्न मात्रै होइन, खेल्न पनि उनी सक्रिय...

एभर्टनविरुद्ध टटनह्यामको ६ गोल

पुस ९, काठमाडौँ । ईङलिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा टटनह्यामले शानदार जित हात पारेको छ । एभर्टनलाई ६–२ ले हराउँदै टटनह्यामले दोस्रो स्थानको म्यानचेष्टर सिटिसंगको दुरी २ अंकले छोट्याएको छ । टटनह्यामको जितमा सन ह्युङ मिन र हेरी केनले समान २ तथा डेल अली र क्रिष्टियन ईरिक्सनले एक एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने एभर्टनले लिएको थियो ।...